

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ बिटुलेमा जिपबाट खसेर बैतडीको डिलाशैनी गाउँपालिकाका ३० वर्षीय सन्तोष जागरीको मृत्यु भएको छ ।
सोमबार दिउँसो सुपप्र०१००१ ज १६९० नम्बरको जिपबाट खसेर जागरी गम्भीर घाइते भएका थिए । चलिरहेको जिपको ढोकाबाट खसेका जागरीको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि लैजाने क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार जागरी आफैँ पनि सवारी चालक रहेका । उनी सोमबार बिहान गन्नाबाट साथीहरूसँगै बिटुले गएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जिप चालकसहित जिपमा सवार तीनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक निरजसिंह भाटले जानकारी दिए ।



