कैलाली: लगातार पाँच दिनदेखि परिरहेको वर्षाका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । गेजरिडर पार्वती गुरुङ्गले दिएको जानकारी अनुसार साझ ७स्३० बजे गरिएको मापनमा कर्णाली नदीमा पानीले खतराको सतह पार गरेको हो । आइतबार साझ ७स्३० बजे गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह ११ दशमलव ७२५ मिटर मापन गरिएको छ ।
गुरुङ्गका अनुसार १० मिटरलाई सचेत मानिन्छ भने १०/८० मिटरलाई खतराको सतह मानिन्छ । टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णालीको बाँध फुटेर पानी बस्तीमा प्रवेश गरेको छ ।
त्यस्तै जानकी गाउपालिका ९ को ख़ैरिफाटा नजिक र पाताभार स्कूल नाजिककै बाँध समेत फूट्न लागेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले टीकापुरमा करिब ४५० घर परिवारलाई सुरक्षित स्थानमा सरिएको बताउदै स्थानीय एफएमबाट र माईकिंगबाट सचेत रहन अपील गरिएको बताए । उनले जानकीमा करिब १० घरधुरी सुरक्षित स्थानमा सारिएको बताउदै पानी रोक्ने काम भैरहेको बताए ।