आज देखि हुने चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता भोलिका लागि सारियो….

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा माघ २५

Dadeldhura Hospital

डडेल्धुराको आलिताल गाउँपालिकामा आज देखि हुने चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता भोलि देखि सुरु हुने भएको छ ।
प्रतियोगिता माघ १६ गते देखि संचालन हुने भनिएता पनि खराब मौसमका कारण माघ २५ गतेका लागी सारिएको थियो ।आज पनि एक खेलाडीले आत्महत्या गरे पछि खेलको उट्घाटन सत्र सारिएको पालिकाले जनाएको  हो ।
आत्महत्या गर्नेमा आलिताल गाउँ पालिका वडा नं ७ मेलगाजा बसोबास गर्ने राधिका साउदले घर नजिकै झुन्डिएर आत्महत्या गरेकी हुन । स्रोतका अनुसार मृतक साउद वडा नं ७ को महिला टिमबाट सहभागी थिइन । आज स्थगित भएको अध्यक्ष कप प्रतियोगिताको उट्घाटन भोलि हुने बताइएको छ ।
भोली गते देखि २७ गते सम्म चल्ने चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । तेस्तै द्धितिय पुरस्कार ५० हजार र तृतिय पुरस्कार ४० हजार दिने बताइएको छ । प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको खेल हुनेछ भने पुरस्कार पनि महिला पुरुष दुबैलाई समान राखिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगिता सञ्चालनका लागि आम भेलाले पालिका खेलकुद समितिका अध्यक्ष धिरेन्द्र बोहराको संयोजकत्वमा ११ जना व्यवस्थापन तथा निर्देशन समिति समेत गठन गरेको छ ।
समितिका अनुसार पालिका भित्र रहेका सरकारी कार्यालय,संघ संस्था, बिद्यालय तथा क्लबहरुलाई सहभागीका लागी निबेदन गर्न पाउनेछन् सोहि अनुसार टिम दर्ता गर्ने कार्य भईरहेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख तथा समितिका सदस्य सचिव समेत रहेका देबराज पन्तले जानकारी दिनुभएको छ ।
प्रतियोगिता आलिताल गाउंपालिकाको प्रांगणमा सञ्चालन हुने समेत पन्तले जानकारी दिनुभएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.