मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

sc mahendra
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१७ चैत, । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Dadeldhura Hospital

आज बिहान ८ बजेर ५४ मिनेटमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जगातीबाट साँगा तर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर गम्भिर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले जानकारी दिए ।

उनलाई सुरुमा सूर्यविनायक नगर अस्पताल लगेकोमा थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा आज बिहान ९ बजेर ४० मिनेटमा उनको मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.