पर्यटकिय गन्तव्य आलितालमा पुर्वाधार निर्माणका काम हुदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराको आलिताल गाँउपालिका वडा नं.३ स्थित पर्यटकिय गन्तव्य आलितालमा विभिन्न भौतिक निर्माणका कार्यहरु संञ्चालन भई रहेको छ ।
धार्मिक तथा प्राकृतिक रुपले महत्वपूर्ण मानिने आलितालमा पछिल्लो समय माथिल्लो क्षेत्रबाट बगेर आउने ढुंगा, माटो तथा पत पतिंगरले ताल भरिने सम्भावना बढे पछि विभिन्न निकायहरुको सहयोगमा ताल संरक्षणका लागि काम भईरहेको हो ।

 

Dadeldhura Hospital

यस आर्थिक बर्षमा पनि भु तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले आलिताल परिसरमा भौतिक पुर्वाधार निर्माण योजना अन्तर्गत विभिन्न संरचना निर्माण गरेको छ ।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सुदुरपश्चिम प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय बाट वनियोजन भएको बजेट बाट आलितालको भौतिक पुर्वाधार निर्माणका लागी यो आर्थिक बर्षमा रु १५ लाख विनियोजन गरिएको थियो भने स्थानिय बासी बाट २ लाख १० हजार ८ सय ३१ रुपैैया श्रमदान जुटाईएको थियो ।

 

तालको माथिल्लो क्षेत्रमा देखिएका स साना पहिरो तथा सम्भावित खहरे नियन्त्रणका लागी यस बर्ष ग्याविन जालीहरुको प्रयोग गरि चेकड्याम निर्माण गरिएको छ । गत आर्थिक वर्षमा पनि १० लाख रुपैया बराबरको चेकड्यामहरु निर्माण गरिएको भु तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका सूचना अधिकारी ज्ञानेन्द्र ताम्राकारले बताउनु भयो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.