Citizan

पर्यटकिय गन्तव्य आलितालमा पुर्वाधार निर्माणका काम हुदै

suchana alital
Chure

डडेल्धुराको आलिताल गाँउपालिका वडा नं.३ स्थित पर्यटकिय गन्तव्य आलितालमा विभिन्न भौतिक निर्माणका कार्यहरु संञ्चालन भई रहेको छ ।
धार्मिक तथा प्राकृतिक रुपले महत्वपूर्ण मानिने आलितालमा पछिल्लो समय माथिल्लो क्षेत्रबाट बगेर आउने ढुंगा, माटो तथा पत पतिंगरले ताल भरिने सम्भावना बढे पछि विभिन्न निकायहरुको सहयोगमा ताल संरक्षणका लागि काम भईरहेको हो ।

 

lali

यस आर्थिक बर्षमा पनि भु तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले आलिताल परिसरमा भौतिक पुर्वाधार निर्माण योजना अन्तर्गत विभिन्न संरचना निर्माण गरेको छ ।

 

glam &
dipti
Citizan

सुदुरपश्चिम प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय बाट वनियोजन भएको बजेट बाट आलितालको भौतिक पुर्वाधार निर्माणका लागी यो आर्थिक बर्षमा रु १५ लाख विनियोजन गरिएको थियो भने स्थानिय बासी बाट २ लाख १० हजार ८ सय ३१ रुपैैया श्रमदान जुटाईएको थियो ।

 

तालको माथिल्लो क्षेत्रमा देखिएका स साना पहिरो तथा सम्भावित खहरे नियन्त्रणका लागी यस बर्ष ग्याविन जालीहरुको प्रयोग गरि चेकड्याम निर्माण गरिएको छ । गत आर्थिक वर्षमा पनि १० लाख रुपैया बराबरको चेकड्यामहरु निर्माण गरिएको भु तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका सूचना अधिकारी ज्ञानेन्द्र ताम्राकारले बताउनु भयो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.