parwat hotel
Citizan

यस्तो छ आलितालको आर्थिक प्रगति,कति बजेट खर्च भइसक्यो ? वडागत विवरण सहित…

bhageswar small
Chure

आलिताल ः आर्थिक बर्ष २०७९/८० को बजेटमा आलिताल गाउंपालिकाले बैशाख मसान्त सम्म ५२.०४ प्रतिशत बजेट खर्च गरेको छ ।

पालिकाको कुल बजेट ४९ करोड ३६ लाख ९७ हजार मध्ये चालु बजेट ३३ करोड २१ लाख २६ हजार थियो भने पुजिगत तर्फ १६ करोड १५ लाख ७० हजार थियो । पालिकाले बिभिन्न शाखा र वडाहरुलाई बितरण गरेको बजेटमा वडा न. १ ले कुल बजेट ५२ लाख ९० हजारमा ७३.४५ प्रतिशत खर्च गरिसकेको छ भने वडा न. २ .ले कुल बजेट ५३ लाख ३० हजार मध्ये ५१.१३ प्रतिशत बजेट खर्च गरेको छ । तेस्तै वडा न. ३ ले पाएको ५३ लाख ५० हजार मध्ये कुल बजेटको ४९.८९ प्रतिशत मात्र खर्च गरेको छ । यो पालिका भरी वडा मध्येको कम खर्च हो वडा अध्यक्ष बल बहादुर बुढाले आफुहरुले काम गरि सकेपनि भुक्तानी प्रकृयामा ढिलाई हुदा प्रतिशतमा कम देखिएको बताए । वडा न. ४ ले ५१ लाख २५ हजार मध्ये ७७.४७ प्रतिशत खर्च गरेको छ ।

glam &
Citizan
lali

तेस्तै वडा न. ५ ले प्राप्त गरेको ५१ लाख ५० हजार मध्ये ७७.८८ प्रतिशत बजेट खर्च गरिसकेको छ भने वडा न. ६ ले ५२ लाख ५० हजार मध्ये ७३.७९ प्रतिशत बजेट खर्च गरेको छ । उता वडा न. ७ ले प्राप्त गरेको कुल बजेट ५२ लाख ७० हजार मध्ये ६१.५२ प्रतिशत मात्र खर्च गरेको छ तेस्तै वडा न. ८ ले भने सबै वडा भन्दा बढी काम गरेको देखिन्छ वडाको कुल बजेट ५३ लाख ५० हजार मध्ये बजेटको ७९.२९ प्रतिशत खर्च गर्न भ्याएको छ ।वडा अध्यक्ष धन बहादुर देउबाका अनुसार आफुहरुले ९९ प्रतिशत नै काम भैसकेको भएता पनि भुक्तानी प्रक्रियामा रहेकोले प्रतिशतमा देखाउन नसकिएको बताए ।
शाखाको अबस्था कस्तो छ ः
पालिका भित्र रहेको पशुपक्षि बिकास शाखाले कुल बजेटको ७०.१५ प्रतिशत बजेट खर्च गरेको छ । शाखाको २० लाख बजेट मध्ये १४ लाख २ हजार खर्च गरि सकेको छ । तेस्तै स्वास्थ्य शाखाको १ करोड २ लाख बजेट मध्ये ६८.७२ प्रतिशत खर्च भइसकेको छ । तेस्तै आयुर्बेद शाखाको १० लाख बजेट मध्ये ७ लाख ६९ हजार खर्च भईसकेको देखिएको छ भने शिक्षा तथा खेलकुद शाखाको ३ करोड १८ लाख बजेटमा २ करोड २० लाख ७८ हजार खर्च भईसकेको तथ्यांकमा उल्लेख छ । तेस्तै कृषि बिकास शाखाले भने कुल प्राप्त बजेटको २६.५३ प्रतिशत मात्र खर्च गर्न भ्याएको छ । शाखामा ४५ लाख बजेट मध्ये ११ लाख ९३ हजार मात्र खर्च भएको छ । तेस्तै महिला तथा समाजकल्याण इकाई कार्यालयको १० लाख मध्ये एक लाख ९४ हजार मात्र खर्च गरेको छ । तेस्तै राट्रिय भुमि आयोग,स्थानीय सेवा केन्द्रलाई छुट्याइएको १० लाख मध्ये २ लाख ८५ हजार मात्र खर्च भएको छ । तेस्तै पालिकाको रोजगार सेवा केन्द्र २ लाख ५० हजारमा १ लाख ८३ हजार खर्च भईसकेको तथ्यांकमा उल्लेख छ । आर्थिक बर्ष सकिन अब २ महिना मात्र बाकी रहदा आलितालले कुल बजेटको ५२.०४ प्रतिशत बजेट खर्च गर्न भ्याएको छ

पालिकाले उपलब्ध गराएको प्रगति विवरण

 

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.