Citizan

डडेल्धुराको आलितालमा पालिका स्तरिय कृषि संवाद कार्यक्रम सम्पन्न

suchana alital
Chure

जेष्ठ १६

डडेल्धुराको आलितालमा पालिका स्तरिय कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियन,फिनल्याण्ड सरकार र जर्मन सरकारको आर्थिक सहयोगमा जिआइजेट(ग्रेप) परियोजना अन्तर्गत लिबर्ड मार्फत उक्त कार्यक्रम सम्पन्न भएको हो । कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर,अनुकुलन तथा न्युनिकरणमा पालिकाको भुमिका सम्बन्धि संबाद कार्यक्रम गरिएको बरिष्ठ कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद भट्टले जानकारी दिनुभयो । कार्यक्रममा अगुवा कृषक,पालिका उपाध्यक्ष,वडा अध्यक्ष , अन्य जनप्रतिनिधि,कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रतिनिधि,कृषि बिकास शाखाका प्रमुख,आलिताल भेटनरी शाखाका प्रमुख,बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पछिल्लो समयमा जलबायु परिवर्तनको असरले किसानहरुको उत्पादनमा परिरहेको समस्या र त्यसलाई न्युनिकरण गर्न पालिका स्तरबाट के गर्न सकिन्छ भन्ने बिषयमा संबाद भएको थियो । कार्यक्रममा उपस्थित भएका किसानहरुले जलबायु परिबर्तनले उत्पादनमा समस्या भएको भन्दै त्यसको न्युनिकरण गर्न के गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए । जलबायु परिबर्तनले समयमा पानी नपर्ने,तथा पानी परे धेरै पानी पर्ने , गरेको तथा मौसमी खेति गर्न समेत समस्या परेको कृषकले बताएका थिए । अगुवा कृषक लाल बहादुर डाला मगरले आफुले बिगत केहि बर्ष देखि आलु तथा ताजा तरकारी खेति गर्देै आएको र पछिल्लो समय जलबायु परिबर्तनका कारण उत्पादनमा समस्या आएको बताए । उनले कृषि बालीको बिमा सरकारको निति भएता पनि यो किसान सम्म आईपुग्न अझै समस्या रहेको गुनासो गरे । कृषकले लगाएको बालीको बिमा नहुदा कृषकले जोखिम मोलेर उत्पादन गर्नु परेको बताए । तैस्ते अगुवा कृषक जयन्ति सारुमगरले आफुहरुले उत्पादन गरेको बिउ आलु तथा ताजा तरकारीको भण्डारणका लागी पालिकामा निमार्णाधिन शित भण्डार निर्माण कार्य सम्पन्न नहुदा समस्या रहेको बताए । सहभागी बहुसंख्यक कृषकहरुले जलबायु परिबर्तनका कारण भने जस्तो उत्पादन गर्न नसकेको त तेसको उपाय बताइदिन आग्रह गरेका थिए ।
उता कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि प्रसार अधिकृत लेखराज न्याउपानेले कृषकको उत्तर दिदै अहिलेको जलबायु परिबर्तन अहिलेको मुख्य समस्या रहेको बताउदै वातावरण परिवर्तन अनुकुल खेति गर्नुपर्ने बताए । आलिताल कृषि शाखाका प्रमुख लक्ष्मण कामीले जलबायु परिबर्तन नेपालको मात्र समस्या नभएर बिश्वको समस्या भएकोले अब उपरान्त मौसम अनुकुल बिउ बिजन छनौट गर्नु बताए । कामीले अबको बजेट निर्माणमा तथा कार्यक्रम बनाउदा जलबायु परिबर्तनको अनुकुल बनाउनु पर्नेमा जोड दिए ।

glam &
dipti
Citizan
lali


गाउंपालिका उपाध्यक्ष मैना कुमारी रावलले समयसामयिक बिषयमा कृषक तथा सरोकारवालासंग बसेर संबाद गर्न पाउदा आफु खुसी भएको बताए । उनले किसानहरुका समस्यालाई नै मुख्य मानेर पालिकाले कार्यक्रम गरिरहेको बताउदै आगामी कार्यक्रममा पनि कृषि नै पहिलो प्रथमिकतामा रहने बताए । उनले भने अहिले किसानहरुका समस्या धेरै छन् । जलबायु परिबर्तनका कारण किसानले भने जस्तो उत्पादन गर्न नसकेको भन्दै अहिलेको जलबायु परिबर्तन अनुकुल खेति गर्न आग्रह गरे । उनले पालिकाले आबश्यक निति तथा कार्यक्रम अनुसार बजेटको व्यवस्था गरेर किसानलाई राहत हुने कार्यक्रम बनाउने समेत बताए । जिआइजेटका सल्लाहकार पुर्णकला राईले युरोपियन युनियन,फिनल्याण्ड सरकार र जर्मन सरकारको आर्थिक सहयोगमा जिआइजेट(ग्रेप) परियोजनाले कृषि क्षेत्रमा काम गर्दै आएकोले पालिकासंग समन्वय गरेर अगाडी बढने बताए । कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर,अनुकुलन तथा तेसको न्युनिकरणमा पालिकासंग संबाद गर्दा केहि योजना बनाउन सहयोग पुग्ने बताए ।

उक्त संबाद कार्यक्रमको सहजिकरण पत्रकार मनमोहन स्वार र भक्त गाहा मगरले गर्नु भएको थियो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.