

जेष्ठ २२
डडेल्धुराको परशुराम नगरपालिका वडा न. ६ का अध्यक्ष ‘खगेन्द्र सिंहले सोमवार आफ्नो ६ वर्षे कार्यकालको उपलब्धीलाई मिडिया मार्फत सार्वजनिक गरेका छन ।
२०७४ देखी वडा अध्यक्ष भई जनप्रतिधिको रुपमा काम गर्दै आईरहेका सिह २०७९ बैसाख ३० मा सम्पन्न दोस्रो स्थानिय तह निर्वाचनमा पुनः वडा अध्यक्षमा निर्वाचित भएका थिए । समाजमा निकै नाम कमाएका सिंहले संघ, प्रदेश, स्थानीय, बिभिन्न गैरसरकारी संघ, संस्थाको पहलमा वडा.न ६ मा आफ्नो कार्यकालमा भएका उपलब्धीहरुलाई स्पष्ट पारेका हुन ।
उनले सघन सहरी, सरगौडा सिमल्खेत पक्की सडक निर्माणाधिन, सरगौडा ठण्डजाला सिचाइ योजना निर्माणधिन, सर्गौडा ठन्डाजाला सिमल्खेत सिचाई , सर्गौडा ठुलाखोला तटबन्ध,सर्गौडा ठन्डाजाला सिमल्खेत टडबन्ध,टकुडा सिचाइ योजना,छेला सिचाइ, बन्ड माहाकाली टतबन्ध,तातापानी माहाकाली तटबन्ध ,लगाएतका थुपै काम गरेको बताए ।



उनले शिक्षा क्षेत्रमा पनि थुपै काम गरेका छन । सबै विद्यालयमा कृष्ण प्रसाद स्मृति विद्यालय भवन, शिद्वनाथ माबि चन्दनी भवन निर्माण,कराली स्कुल भवन निर्माण, निड्स कंचनपुरबाट सेल्फ हाउस निर्माण, सिमल्खेत आधारभुत स्वास्थ कार्यालय भवन निर्माण र वडा .न ६ भएर निर्माणधिन माहाकली करिडोर पक्की सडक निर्माणमा आवश्यक पहल र समन्वय गरेको बताए । सिहले ६ वर्षको जनप्रतिनिधि भए यताको सबै भन्दा ठूलो चुनौति रंगुन जलाधार तटबन्ध र शिद्वाथान–सरगौडा जोड्ने मोटरेवल पुल रहेको बताएका छन । बहुवर्षिय रंगुन तटबन्धको काम पनि सुरु भएको उनले बताए । त्यसै गरि पशुपालन ,कृषि प्रबिधिको क्षेत्रमा पनि वडा.न ६ मा पहुच वल बुद्विले भ्याए सम्म जनताका काम गरि रहेको उनले सुनाए । सिंहका अनुसार वडाको यस आर्थिक बर्षको कार्यकम तथा योजनाका काम करिब ७० प्रतिशत भन्दा धेरै सकिसकेको र बाकि यसै महिनाकोअन्त सम्म सत प्रतिशत काम सकिने बताए । वडा नगरबाट पनि कयौ विकास,जनमुखी सेवा दिईरहेको सिंह’ परशुराम नगरकार्यपालिका नगर–प्रबक्ता समेत रहेका छन ।
