Citizan

आलिताल -३ धुलिखेतका किसानलाई साकरी खोलाको त्रास

suchana alital
Chure
lali

असार २४
बर्षा सुरु भएसँगै डडेल्धुरा आलिताल ३ धुलिखेतका किसानलाई साकरी खोलाले सताउने गर्दछ । गत साल असोजको महिना देखि नोक्सान गर्न लागेको साकरी खोलाले यस बर्ष पनि क्षति गर्ने निश्चित जस्तै भएको छ । गत साल पाकेर पहेलै भएको धानबालीलाई बगरमा परिणत गरिदिएको थियो ।
साकरी खोला हिउदको बेला सानो आकारमा देखिए पनि बर्षातमा भने ठूलै क्षति गर्ने गर्दछ । गतसाल खेति सहित खेतहरु बगरमा परिणत गरिदिएको साकरी खोलाले बाकि बचेका खेतहरु यसपालि बगाउने होकि भनेर किसानहरु निकै चिन्तित छन्।
आलितालको मौरी बजारबाट पारी पट्टि देखिने सानो खहरे खोला तेहाका किसानको चिन्ताको बिषय बन्दै आएको छ । उक्त खहरे नियन्त्रणका लागी पालिकाले ५० हजार रुपैया बराबरको काम गरेता पनि जोखिम भने उस्तै रहेको स्थानिय बताउछन् । पालिकाको ५० हजार बजेटले खोलाको दुबै साइटमा जेसिबि लगाएर खोलालाई नियन्त्रण गर्न कोशिस गरिएता पनि बजेट अभाबका कारण नियन्त्रणका कार्य पुरा हुन नसकेको वडा न. ३ का अध्यक्ष बल बहादुर बुढा मगरले बताए । उनका अनुसार उक्त खहरे नियन्त्रणका लागी आउदो आर्थिक बर्ष २०८०।०८१ को बार्षिक कार्यक्रममा सुदूरपश्चिम सरकारबाट दश लाख बजेट बिनियोजन भएको समेत बताए ।
तर तेहाका किसान भने तत्काल उक्त खोलाको दुबै साइटमा जेसिबि लगाएर खोलालाई एउटै ठाउँमा बग्न दिएर खेतलाई बचाउन सकिने स्थानिय मोहन धामीले बताए ।
उनका अनुसार पालिकाको पचास हजार बजेटले माथिल्लो खेतबालीको मात्र संरक्षण गर्न कोशिस गरिएर तल पट्टिको खेतलाई वास्ता नगरिएको गुनासो गरेका छन् । उनले तत्काल पालिकाले थप बजेटको व्यवस्थापन गरेर खहरे नियन्त्रण गरिदिन आग्रह समेत गरेका छन् ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.