डडेल्धुरा । मलेसियाबाट फर्केर ग्रामिण भेगमा चार भाई मिलेर अत्याधुनिक उपकरण सहित गारमेन्ट उद्योग सञ्चालन गरेका छन । डडेल्धुराको आलिताल गाउँपालिका–८ को गोदाम बजारमा स्थानीय भाईभाईहरु मिलेर गारमेन्ट उद्योग सञ्चालन गरेका हुन । चारभाई मध्ये दुई भार मलेसियमा गारमेन्टकै काम गरेर घर फर्किए पछि आफ्नै घरमा लाटो डाडा बाग नामक गारमेन्ट उद्योग सञ्चालन गरेको उनीहरुको भनाई छ । परम्परागत रुपमा लुगा कपडा सिलाउदै आएका दमाई परिवारका चारर्भाइले अत्याधुनिक उपकरण सहित गार्मेन्ट सञ्चालन गरेका हुन ।
स्थानीय दलबहादुर दमाई २०६३ सालमा एउटा सिलाईको मेसिन राखेर गोदाब बजारमा सिलाई कटाईको काम थालेका थिए । हाल उनका तीन जना भाईहरु अत्याधुनिक मेसिन सहित गारमेन्ट उद्योग नै सञ्चालन गरेर बसेका छन । अहिले माग अनुसारका लुगा कपडा तयार पर्न रातदिन काम गरिरहेका हुन्छन । ६५ लाख बढी रुपियाँ लगानी गरेर दुई तलाको आठ कोठे भवनमा गारमेन्ट सञ्चालन गरेको उनले बताए । यस वर्ष घरेलु तथा साना उद्योग डडेल्धुराको पाँच लाख रुपियाँ सहयोग गरेको उनले बताए । अझै लगानीको खाँचो छ रहेको उनले बताए ।
विद्यार्थीका पोशाक संगै कोट पाईन्ट, बजारमा बिक्रि हुने तयारी लुगा प्लाजो टाउजर, टी–सर्ट लगायतका लुगा सिलाउदै आएको उनले बताए । कपडाका थान खरिद गरेर ल्याई तयारी पोशाक सिलाउने गरेको उनले बताए । १० वर्ष मलेसियामा गारमेन्टको काम गरेर फर्किए पछि आफ्नै दाजुभाई मिलेर गारमेन्ट सञ्चालन गरेको दलबहादुरका भाई अमरबहादुर दमाईले बताए । विदेश कति बस्नु । कामकै लागी कहाँ कहाँ भौतारिदै जानु भन्ने मनसाय पलाए पछि गारमेन्ट सञ्चालन गरेको उनले बताए । मलेसियको जस्तो कमाई भने हुने नगरेको उनले बताए । स्थानीय ठाउँमा उधारो समेत जाने भएकाले मलेसिया जस्तो कमाई नभए पनि सन्तुष्ट रहेको उनको भनाई छ ।
परम्परागत सिप र विदेशमा सिकेको सिपको सदुपयोग संगै गारमेन्ट उद्योग नभएको क्षेत्रमा आफु र स्थानीयअरुहरु लाई समेत रोजगारको सिर्जना गर्न गारमेन्ट उद्योग सञ्चालन गरेको दमाई भाईहरुको भनाई छ । सरकारले आर्थिक सहयोग गरे ठूलो संख्यामा उपकरण र दक्ष कामदार थपेर उत्पादन बढाउदै लैजाने योजना उनिहरुको छ ।