डडेल्धुरा : डडेल्धुराको आलितालमा गए रातीको बर्षाका कारण एक गोठसंगै पशुचौपायामा क्षति भएको छ । हिजो रातिको अबिरल बर्षाका कारण आलिताल -६
बस्ने मोतिराम कुँवरको गोठ भत्किदा चार वटा पशुचौपायको मृत्यु भएको हो । गोठ भत्कीदा एक हल गोरु ,एउटा ब्याएको गाई र बाछो मरेका छन भने एउटा भैंसी र गाई सक्त घाईते भएको स्थानिय राम बहादुर कुवरले जानकारी दिए । अहिले स्थानियले पुरिएका पशुहरुको उद्धारकार्य गरिरहेको समेत कुवरले जानकारी दिए । गएरातीको भिषण बर्षाका कारण आलितालका बिभिन्न क्षेत्रमा क्षति भएता पनि पुरा विवरण आउन भने बाकी छ ।