सुनकोसी गाउँपालिकाले ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्त र विपन्न नागरिकको निःशुल्क उपचार गर्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं :  सिन्धुलीको सुनकोसी गाउँपालिकाले ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्त र विपन्न नागरिकको निःशुल्क उपचार गरिरहेको छ । असार १ गतेदेखि सुनकोसी गाउँपालिका र आत्मीय सामुदायिक अस्पतालबिच सम्झौता भएर पालिकाभित्रका सबै ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्त र विपन्न नागरिकको निःशुल्क उपचार भइरहेको सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिएका छन् ।

Dadeldhura Hospital

गाउँपालिकाको ७ वटै वडाका ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्त र विपन्न नागरिकलाई आत्मीय सामुदायिक अस्पतालमा गएर सेवा लिन प्रशासकीय अधिकृत दर्जीले अनुरोध गरेका छन् ।
स्वास्थ्य संयोजक ओम प्रकाश झा का अनुसार इमरजेन्सी तथा ओपिडी,ल्याब,एक्स९रे,भिडियो एक्स९रे,ई सिजी,बेड चार्ज,स्वल्याब,काष्ठ,माइनर,सर्किजल,अक्सिजन,नेबुलाइजेसन,प्रोसेडयोर लगायतका विभिन्न सेवाहरू लिँदा नागरिकले पैसा नतिर्नु पर्ने बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

औषधी र आँखा उपचार सेवा लिँदा लाग्ने खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्ने उनले बताए। सेवा लिन अस्पताल आउँदा ज्येष्ठ नागरिकको हकमा ज्येष्ठ नागरिक प्रमाणपत्र,अपाङ्गको हकमा अपाङ्गता प्रमाणित प्रमाणपत्र र आर्थिक हिसाबले अशक्त तथा विपन्न नागरिकको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र लिएर जान पनि गाउँपालिकाले अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.