डडेल्धुरा ः सामाजिक संजालमा अहिले एक भिडियो भाइरल भएको छ । डडेल्धुराको एक सामाजिक अभियान्ता नामको फेसबुकबाट पोष्ट भएको एक भिडियो अहिले भाइरल भएको हो ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाको गृह जिल्ला डडेल्धुराको परशुराम नगरपालिकाको एक खोलामा बनाइएको पुलको भिडियो भाइरल भएको हो । फेसबुकमा सामाजिक अभियान्ता नाम राखेका बिर बहादुर भण्डारीले भिडियोमा भनेका छन् । यो खोला डडेल्धुराको भित्रिमधेसको पुन्तुरा खोलाको पुल हो । हात खुट्टाले टेक्दै पुलको बिचमा आएर उनले डडेल्धुराबाट निर्वाचित जनप्रतिनिधिलाई व्यंग्य गर्दै धन्यबाद पनि दिएका छन् ।
उनले भनेका छन् धन्यबाद छ खगराज भट्ट ज्यु, धन्यबाद छ शेर बहादुर देउबा ज्यु । भण्डारी एक संचारकर्मी पनि हुन् उनि बिम्ब अनलाईन पत्रिकाको संबाददाता समेत हुन् । उनले भित्रिमधेश क्षेत्रका बिभिन्न खाने समस्याका बारेमा बोल्ने, लेख्ने पनि गर्दछन् । उक्त पुल त्यहिका स्थानीयले विद्यालय जाने बालबालिकालाई सहज होस भन्ने उद्देश्यले बनाउन लागेका थिए ।
भिडियो…