![alital janahit](https://diyalokhabar.com/wp-content/uploads/2024/10/aalital-janahit.jpg)
भदौ ११
- भक्त गाहा मगर
![glam &](https://diyalokhabar.com/wp-content/uploads/2022/12/glam-glory.gif)
![Citizan](https://diyalokhabar.com/wp-content/uploads/2023/07/jeewan-bima-jaruri-chha-1200-x-100-px.gif)
डडेल्धुराको आलितालमा क्याम्पस संचालनको लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।
पालिकाको अध्यक्ष शेर सिंह पार्कीको संयोजकत्वमा पालिकामा क्याम्पस स्थापनाको लागि अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।
पार्कीको सयोजकत्वमा २९ सदस्यीय कार्यदल गठन गरिएको कार्यदलका सदस्य इन्द्र साउदले बताए । पालिका अध्यक्ष पार्कीको संयोजकत्वमा गठन भएको कार्यदलमा पालिका उपाध्यक्ष सहित ८ वडाका वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधि,समाजसेवी,बुद्धिजिबी,शिक्षक प्रतिनिधि,शिक्षा शाखाका प्रमुख,पत्रकार लगाएतको सदस्य रहेका छन् ।
क्याम्पस संचालन सम्बन्धि आज पालिकाको सभाहलमा पहिलो चरणको छलफल भएको थियो । पालिका अध्यक्ष पार्कीको अध्यक्षता र सम्बिधान सभा सदस्य हरिलाल लामीछाने थापा मगरको प्रमुख अतित्थ्यतामा सम्पन्न भएको छलफल कार्यक्रममा क्यास्पस स्थापनाको अवसर र चुनौतिको विषयमा बहस समेत भएको थियो ।
![lali](https://diyalokhabar.com/wp-content/uploads/2022/12/lali.gif)
कार्यक्रममा आफनो सुझाव राख्दै समाजसेवी कृष्ण दत्त जोशीले क्याम्पस स्थापना गर्ने कार्य राम्रो भएता पनि दिगो स्रोतको व्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनु भयो । तेस्तै वडा सदस्य मान बहादुर महराले क्याम्पस स्थापनाको लागि दिगो स्रोतको खोजि संगसंगै सुशासनको पक्षमा ध्यान दिन आग्रह समेत गरे । उनले केहि बर्ष अगाडी क्याम्पस स्थापनाको लागि संकलन गरिएको २३ लाखको हिसाव पनि देखाउनु पर्ने बताएका थिए । छलफलमै मन्तव्य राखेका नेकपाका प्रतिनिधि गणेश कामीले हचुवाको भरमा क्याम्पस स्थापनाको ढोल नपिट्न आग्रह समेत गरे । उनले भने क्याम्पस स्थापना गर्नु स्वभाबिक रुपमा राम्रो पक्ष भएता पनि यसको दिगो स्रोत, जनशसक्ती व्यवस्थापन र बिद्यार्थी संख्याको आकलन नगरे पुस्ता सम्म पछुताउनु पर्ने बताए । तेस्तै पूर्व उपाध्यक्ष समेत रहेका जला कुमारी बोगटीले क्याम्पस स्थापना गर्न सर्बप्रथम जनसमुदायमा छलफल गर्नुपर्ने बताए । उनले क्याम्पस संचालनको लागि पहिलो प्राथमिकता समुदायलाई राख्नु पर्ने र तेसपछि अर्को छलफल गर्नुपर्ने बताए । छलफल कार्यक्रमका प्रमुख अतिथि रहेका संबिधान सभा सदस्य हरिलाल लामीछानेले भने कुनै पनि हातलमा क्याम्पस स्थापना गरेरै छाड्ने बताए । उनले भने हामी बोलेरै क्पाम्पसको स्थापना गर्छौ । शिक्षा पनि मौलिक अधिकार भित्र रहेकाले सरकारले शिक्षालाई प्रथमिकता दिनु पर्ने बताए । उनले भने हामी आलितालमा क्याम्पस संचालनको अभियानमा लागीसकेका छौ अब कुनै पनि हालतमा क्याम्पस संचालन हुन्छ । सरकारले अहिले चाहिने काममा भन्दा अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको छ । हामी नेताहरुलाई गुहार्छौ नमाने आन्दोलन गर्न समेत पछि पर्दैनौं तर क्याक्पस संचालन गरेरै छोड्छौ । उनले छलफलमा सबैले सकारात्मक सोचेर क्याम्पस स्थापनाको लागी अगाडी बढ्न समेत आग्रह गरे । क्याम्पस संचालन संगै यसको दिगोपनाको लागि आफुहरुले केहि न केहि बिकल्प खोज्ने बताउनु भयो ।
तेस्तै उक्त छलफलमा उपाध्यक्ष मैना कुमारी रावल,वडा न. १ का अध्यक्ष यज्ञ बहादुर देउबा,,वडा न. ८ का अध्यक्ष धन बहादुर देउबा,पूर्व वडा न. ३ का अध्यक्ष लोकेश महरा, पूर्व वडा न. ५ का अध्यक्ष तथा नेकपा एमालेका प्रतिनिधि प्रकास सिंह बोहरा, काग्रेस प्रतिनिधि शिब शोवले सुझाबहरु दिएका थिए ।
कार्यक्रमलाई समापन गर्दै पालिका अध्यक्ष पार्कीले क्याम्पस स्थापनामा पालिकाको मुख्य जिम्मेबारी भएको बताउदै यसलाई राजतिक रुप नदिन सम्पुर्णमा आग्रह गरे । शिक्षा मानिसको मौलिक हक नै भएकाले क्याम्पस संचालन गरेर सबैलाई सर्बसुलब शिक्षा दिनु आफनो दायित्व भएको बताए । उनले भने कार्यदल बनेको छ अब कार्यदलले विज्ञहरुसंग छलफल गरेर क्याम्पस संचालनको सम्भाबित अध्ययन गर्छ र क्याम्पस संचालन गर्ने नगर्ने निर्णय पनि यसै कार्यदलले गर्ने बताए ।
कहां छ क्याम्पस संचालन गर्न संकलन गरिएको चन्दा रकम
डडेलधुराको आलितालमा २०७२/०७३ सालमा अभिभावकले आलिताल बहुमुखी क्याम्पस स्थापना गर्न भनी चन्दा संकलन गरेकौ रकम कहां छ भन्ने प्रश्न पछि आजको छलफलमा उठेको थियो । छलफलमा वडा न. ३ का वडा सदस्य । पूर्व आलितालका उपाध्यक्ष जला कुमारी बिष्ट(बोगटी)ले क्याम्पस स्थापनाको लागि संकलन गरेको रकमको प्रष्ट पार्न आग्रह गरेका थिए ।
सोहि प्रश्नको उत्तर दिदै तत्कालिन आलिताल बहुमुखि क्याम्पसका प्रताबित प्रमुख समेत रहेका शिक्षक कुल बहादुर थापा मगरले क्याम्पस संचालनको लागि संकलन गरिएको रकम हिनामिना नभएको बताए । उनका अनुसार आलितालको गोदाममा बर्थीङ सेन्टर स्थापनाको लागि जग्गा खरिद गर्न भन्दै १५ लाख पचास हजार रकम पालिकाले पांच बर्ष भित्र फिर्ता गर्ने गरि लगेको बताए । तेस्तै संविधान सभा सदस्य हरिलाल लामीछाने थापामगरको संसदिय कोषले छुट्याएको २ लाख रमक निकासा गर्दा ६० हजार रुपैया धरौटीमा भएको र २३ हजार भ्याटमा खर्च भएको बताए । तेस्तै १३ हजार धन बहादुर देउबा र २२ हजार जनक कलौनी क्याम्पस संचालनकै दौरानमा काठमाण्डु जादा खर्च देखाइएको छ भने ६ हजार विज्ञापनमा खर्च भएको थापाले बताए । उनले बाकी रहेको ६ लाख तिन हजार जति बैंक खाता मै रहेको बताए । उलको हिसाबले त्यो समयमा करिब २२ लाख ७७ हजार रकम संकलन गरिएको देखिएको छ ।
![krisnapur big](https://diyalokhabar.com/wp-content/uploads/2024/06/krisnapur1.jpg)