Citizan

एसिया कपःपाकिस्तानसँगको खेलमा नेपाल पहिला बलिङ गर्दै

suchana alital
Chure

भदौ १३ – १६ औँ संस्करणको एसिया कप आजदेखि शुरु भएको छ । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगको खेलमा टस हारेर पहिला बलिङ गर्ने भएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङ पाएको हो ।

glam &
dipti
Citizan

। यस्तै नेपालले दोस्रो खेलमा आउँदो सोमवार भारतसँग खेल्दैछ ।

lali

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह एु मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।

पाकिस्तानको प्लेइङ–११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.