भदौ १४
डडेल्धुराको आलिताल गाउँ पालिकामा एक महिला झुण्डिएको अबस्थामा फेला परेका छन ।
जिल्लाको आलिताल गाउँ पालिका वडा न.३ भुङडाका गणेश महराको १७ बर्षिया श्रीमति पार्वती बिष्ट महरा(प्रिया) आफ्नै कोठा झुण्डिएको अबस्थामा फेला परेकी हुन ।
एक बर्ष पहिला भागेर बिवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा चुन्नीको पासो लगाई झुण्डिएको अबस्थामा फेला गरेको जोगबुदा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनु भयो ।
स्थानियका अनुसार आज श्रीमान भारत जाने तयारी गरिरहेका थिए सोही क्रममा गए राती श्रीमान (गणेश )दाइ भाउजुको घरमा भेटघाटको लागि बेतन्ना गएका थिए । प्रियाका ससुरा पनि छिमेकीको मृत्यु भएका कारण कृया कुर्न गएका थिए । क्रिया कुर्न गएका ससुरा बिहान घर आउदा बुहारी किन नउठेको भनी आवाज दिदा कुनै प्रतिकृया नआए पछि झ्यालबाट हेर्दा प्रिया झुण्डिएको अबस्थामा देखिए पश्चात् गाउलेलाई खबर गरेको उनले बताए ।
अहिले लासलाई पोस्टमार्तमको लागि जोगबुदा अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।