कांग्रेस सहमहामन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार

sc mahendra

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

बुधबार दिउँसो रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केका यादवमाथि रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार यादवलाई ट्रमा सेन्टरमा लगिएको छ।

यादवको टाउकोमा चोट लागेको छ।

यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। नुवाकोट घर भएका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन।

You might also like
Leave A Reply

Your email address will not be published.