Citizan

सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्ने कुरामा एमाले सचिव भट्टले दिए यस्तो चेतावनी !

suchana alital
Chure

१ असोज, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्ति जनता विरोधी भएकाले स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत भट्टको थियो ।
अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टले भने मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार पनि छ,उहाँ हिजोको संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुभएको छ । कांग्रेसको आफ्नो चरित्र देखाउनुु भएको छ ।’
भट्टले अहिलेको सरकार र संसद अघिल्लोकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए । ‘कुनै पनि निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दायित्व हुन्छ । अहिलेको सरकार हिजोको सरकारको निरन्तरता हो । हिजोको सरकार र संसदले गरेका सबै किसिमका निर्णय नमान्ने हो भने ती बनाएका नीतिहरु, योजनाहरु कानूनहरु फेरी उहाँहरुले आफूू अनुकुल बनाउने त्यो हुँदैन । कुनै पनि मुुलुकमा जसले प्रजातन्त्र लोकतन्त्रमा विश्वास गर्छ त्यसले यस्ता अभिव्यक्तिहरु दिँदैन भन्ने लाग्छ ।

lali

प्रतिनिधिसभा निर्वाचनका बेला आफ्ना प्रतिस्पर्धी रहेका प्रतिनिधिसभा सदस्य बिरबहादुर बलायरले ६ महिनाभित्र राजधानी निर्माण गर्छु भनेर मतदातालाई आश्वासन दिएपनि अहिले आफूूले बोलेको कुरा र जनताको चाहाना विपरीत गएको आरोप समेत उनले लगाएका छन् । सबैतिर जनता र जनघनत्व बढी हुुन्छ क्षेत्रलाई नै राजधानी बनाउने अभ्यास रहेको पनि उनको भनाइ थियो ।

glam &
dipti
Citizan

मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा तोकिएको प्रदेशको राजधानी सार्न सकिने अभिव्यक्ति डडेल्धुरामा दिएपछि सुुदूरपश्चिममा पक्ष र विपक्षमा टिप्पणी भइरहेको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.