नेकपाले आलिताललाई बुझायो १९ बुद्धे ज्ञापन पत्र, के-के छ पत्रमा?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असोज ९ नेत्र बिक्रम चन्द(बिप्लप) ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले आलिताल गाउंपालिकामा ज्ञापन पत्र बुझाएको छ । पालिका भित्र थुप्रै समस्या रहेको भन्दै तेसको सामाधन र कार्यान्वय गर्न नेपाल कम्युनिष्ट पार्टीले १९ बुद्धे ज्ञापन पत्र बुझाएको हो ।
पार्टीले संचालनमा नआएको एम्वुलेन्स सेवा तत्कालै व्यवस्था गर्नुपर्ने,एक वर्षको सम्पूर्ण कामको समिक्षा गरी जनतालाई जानकारी दिनुपर्ने,उत्पादन मुखी योजना निर्माण गर्नुपर्ने, लघुवित्त र सहकारी संस्था जस्तालाइ आफ्नो नियन्त्रणमा राख्नुपर्ने , अव्यवस्थीत वसोवास र सुकुम्वासीको नामवाट सञ्चालित जग्गा नाप्ने र लालपुर्जा वितरण गर्ने सहज सजिलो र जनमुखी वा सहुलियत दरमा उपलव्ध गराउनुपर्ने जस्ता माग राखेको छ । ज्ञापन पत्रमा गाउंपालिका भित्र सञ्चालित ठेक्का पट्टाको काममा ढिलाई भएकाले ताकेता गरी यथाशिघ्र काम सञ्चालनमा ल्याउनुपर्ने,पालिका भित्रका ढुगा,गिट्टी,वालुवा जस्ता प्राकृतिक सम्पदाको उचित निगरानी गरी सही व्यवस्थापन गर्नुपर्ने जस्ता बुदाहरु पनि समाबेश गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ विद्यमान आत्महत्या जस्ता घटना वढेकाले यसलाई रोक्न चेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने,अवैध मदिरा जुवा तासलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने आलिताल क्याम्पसका लागी दिर्घकालिन योजना निर्माण गर्न विज्ञको सल्लाह अनुसार राननितिक दल सम्मीलीत समिती निर्माण गर्नु पर्ने , सर्वपक्षिय अनुगमनमा कडाई हुनृुपर्ने समेत उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टीले गाउंपालिका परिसरमा निर्माणाधिन कोल्ड स्टोरलाई सञ्चालन गर्नुपर्ने मुद्दालाई पनि उठाएको छ । नेपाल कम्युनिष्ट पार्टी आलितालका इन्चार्ज केशब सिं को हस्ताक्षर सहितको ज्ञापन पत्रमा निर्माणाधिन कोल्ड स्टोरलाई सञ्चालन गर्नुपर्ने,विद्यार्थी संख्या अनुसार गाउंपालिकाको शिक्षक दरवन्दीको व्यवस्थापन गर्नुपर्ने,आवश्यकता अनुसार दक्ष र योग्य मात्र कर्मचारी भर्ना गरिनुपर्ने, सार्वजनिक वा सरकारी विदाको दिन सरकारी साधन आवश्यकताअनुसार मात्र चलाउने,सामाजिक सुरक्षा भत्ता टोलमा वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने ,कृषि उत्पादन भएका चिजवस्तुको बजारिकरणको जिम्मा स्थानिय सरकारले लिनु पर्ने र पालिका भित्र काम गर्ने एन जि ओ, आई एन जि ओ जस्ता गैह्रसरकारी संस्था पुर्ण रुपमा स्थानिय सरकारको मातहतमा र समुदायको हित अनुसार सेवा मुलक उद्देश्य राखेर मात्र संचालन गर्नु जस्ता बुदा समाबेस गरिएको छ ।

Dadeldhura Hospital

नेपाल कम्युनिष्ट पार्टीले पालिकालाई बुझाएको ज्ञापन पत्र ः

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.