parwat hotel
Citizan

आलितालमा क्याम्पस स्थापनाका लागि चन्दा संकलन गर्दै जनप्रतिनिधिहरु

bhageswar small
alital janahit

डडेल्धुराको आलितालमा क्याम्पस स्थापनाका लागि चन्दा संकलन अभियान चलाइको छ ।

क्याम्पस संचालन समितिको आयोजनामा पालिका अध्यक्ष सहितको टोलीले आज अभियानको सुरुवात गरेका हुन् ।

glam &
Citizan
lali

क्याम्पस संचालन समितिका अध्यक्ष कृष्ण दत्त जोशीका अनुसार आज पहिलो दिन मौरी बजार देखि कालाकोट सम्म चन्दा संकलन गरिएको बताए । पालिका अध्यक्ष ,उपाध्यक्ष र वडा न. ८ का अध्यक्ष सहितको टोलीले आज पहिलो दिनमा १ लाख ५० हजार सहयोग रकम संकलन गरिएको जोशीले बताए । उक्त रकममा केहि बचन दान केहि नगदै संकलन गरिएको समेत जोशीले बताए ।

जोशीले भोली पनि सहयोग संकलन गरिने बताएका छन । जोशीका अनुसार आलितालमा क्याम्पस संचालनका लागी निबेदन दर्ता भईसकेको र सुदुर पश्चिम प्रदेश बिश्व विध्यालयले अनुगमन गरि उपयुक्त ठानेमा क्याम्पस संचालनका लागि अनुमति दिए पश्चात मात्र क्याम्पस संचालन हुने छ । क्याम्पस संचालनका लागि पालिका अध्यक्ष र उपाध्यक्ष सहित १८ व्यक्तिहरुले करिब ७ लाख रकम आर्थिक सहयोगको घोषणा गरिसकेका छन् भने आज १० जनाले १ लाख ५० हजार सहयोग गरेका छन् ।

सम्बन्धित समाचार…

आलितालमा क्याम्पस संचालनका लागि पालिका अध्यक्ष र उपाध्यक्ष सहित १८ जनाले गरे आर्थिक सहयोगको घोषणा,कस्ले कति ?

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.