Citizan

सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने

suchana alital
Chure

lali

काठमाडौं— सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

glam &
dipti
Citizan

त्यसका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै घाइतेहरूको रेस्क्यु लगभग सकिएकाले अब पीडितहरूको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ ।

बैठकमा भूकम्प पीडितहरूलाई आर्थिक सहायता दिने भनिएपनि निर्णय भइनसकेको उनले जनाएका छन् । पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.