टिकटक बन्द विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौंः टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो।

Dadeldhura Hospital

कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटक माथिको प्रतिबन्धलाई लिएर टिकटक प्रेमीहरुले चौतर्फि विरोध जनाएपछि सरकार पनि दबावमा परेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यसैबीच,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक बिस्तारै खोल्न सकिने संकेत गरेका छन्। हिजो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.