parwat hotel
Citizan

राष्ट्रपति पौडेलले दिए ‘डेउडा आइडल’लाई सफलताकाे शुभकामना

bhageswar small
alital janahit

काठमाडाै‌: देउडा सांस्कृतिक मञ्च नेपालको आयोजनामा हुन गइरहेको डेउडा आइडलको केन्द्रिय टिमले राष्ट्रपति रामचन्द्र पौडेलसंग आइडल आयोजना बिशेष भेटघाट तथा छलफल गरेको छ । आज (मँगलवार) महाराजगन्जस्थित राष्ट्रपति कार्यालयमा भेटघाट भएको हो । भेटमा उहाले सकारात्मक प्रतिक्रिया दिदै शुभकामना प्रकट गर्नु भएको छ । उहाले सामाजिक सद्भाव,मित्रता बढ्नुका साथै नव प्रतिभाले बिशेष स्थान पाउने बिश्वास ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो, राष्ट्र र राष्ट्रियता जोगाउन सँगै कला,सँस्कृतिको बिकासमा टेवा पुर्याउन आइडलले ठुलो भुमिका खेल्ने बताउनु भयो ।

lali

भेटघाटमा डेउडा आइडल आयोजक सँस्था देउडा सांस्कृतिक मञ्च नेपालका केन्द्रिय अध्यक्ष महेश कुमार औजी, सचिव महेन्द्रराम पार्की , बरिष्ठ डेउडा गायक तथा आइडलका निर्णायक नन्दकृष्ण जोशी, सुरक्षा तथा ब्यबस्थापन समिति प्रमुख जनक बहादुर बोहरा, समन्वय प्रमुख रमेश कोइराला,गायक तथा सर्जक मनोहर परियार, कार्यक्रम उद्घोषक राकेश दयाल र समाजसेवि रोशन भट्ट सहभागी थिए ।

glam &
Citizan

सुदुरपश्चिम र कर्णाली प्रदेश लगायत देश तथा बिदेशका बिभिन्न स्थानहरुमा पनि अडिसनकोे तयारी तिब्र भइरहेका बेला उच्च स्तरीय भेटघाटलाइ पनि तिब्रता दिइएको मञ्चका केन्द्रीय अध्यक्ष औजीको भनाइ छ । अध्यक्ष औजीका अनुसार उच्च स्तरिय भेटघाट सम्पन्न हुने लगत्तै अडिसनको प्रक्रिया सिघ्र रुपमा अघि बढ्ने बताउनु भयो । समाजमा गला र कला भएका ब्यक्तिहरुले आफ्नो तयारीमा लाग्न समेत उनको अपिल छ । डेउडा आइडलको अडिसनको लागी मिति र समय भने पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेको बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.