parwat hotel
Citizan

डडेल्धुरामा जीप दुर्घटना, ८ जना घाइते

Chure
lali

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो । वडा नम्बर २ का अध्यक्ष दिलबहादुर बिष्टका अनुसार नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । जीपका सहचालक तारा ऐर गम्भीर घाइते भएका वडा अध्यक्ष बिष्टले बताए । उनका अनुसार घाइते हुनेमा एकजना कार्यपालिका सदस्य इन्द्रा धामी पनि छिन् ।

glam &
Citizan
You might also like
Leave A Reply

Your email address will not be published.