parwat hotel
Citizan

रङ्गुन जलाधार ब्यबस्थापन सम्बन्धि बहुसरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

bhageswar small
Chure

पौष १०

lali

ग्रामिण महिला बिकास तथा एकता केन्द्र र अक्सफम नेपालको सयुक्त साझेदारीमा संचालित जलाधार ब्यबस्थापन परियोजना अन्तर्गत बहुसरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज (मंगलबार) आलिताल गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा रङुन जलाधार क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुको ब्यबस्थापन र संरक्षण तथा सहायक खोल्सा/खोल्सी साथै ताल तलैयाहरुको तथ्य र प्रमाणको आधारमा अध्ययन अनुसन्धान गरि जलाधार द्वन्द्व रुपान्तरण सम्बन्धी नमुना कार्य कसरी गर्न सकिन्छ भन्ने सम्बन्धी छलफल गरिएको थियो ।
रूडुकका केन्द्रिय निर्देशक डा.कृष्ण कुमार श्रेष्ठ र जलाधार ब्यबस्थापन विज्ञ डा. रण बहादुर रावल परशुराम नगरपालिका प्रमुख भरत जोशी ,आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की , परशुराम नगर पालिका उपप्रमुख बिमला महता,जोरायल गाउँ पालिका उपाध्यक्ष जमुना बोहरा ,आलिताल गाउँ पालिका उपाध्यक्ष मैना कुमारी रावल लगाएको उपस्तिथि रहेको कार्यक्रममा रङुन जलाधार ब्यबस्थापन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको छ ।

glam &
Citizan

समझदारी पत्रमा भनिएको छ -रङुन जलाधार क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुको ब्यबस्थापनमा हामी पाँच वटै साझेदार निकायहरु (परशुराम,आलिताल,जोरायल,रुडुक र अक्सफम)समन्वयकारी भुमिकाका साथ कार्यक्रम गर्न पहल कदमी गर्ने छौं । तेस्तै अर्को बुदामा भनिएको छ ।- रङुन जलाधार संरक्षण, प्राकृति स्रोतको समुचीत उपयोगका साथै जिविकोपार्जन प्रबर्द्धन मुलक कार्यक्रममा समन्वयकारी भुमिका मार्फत स्थानिय समुदायलाई समेत लाभान्वित हुने किसिमका कार्यक्रम हरु संचालन गर्नमा सहकार्य गर्नेछौं । र अन्तमा रङुन जलाधार र यस अन्तर्गतका सहायक खोल्सा/खोल्सि र ताल तलैयाहरुको तथ्य र प्रमाणको आधारमा अध्ययन अनुसन्धान गरि जलाधार द्वन्द्व रुपान्तरण सम्बन्धी नमुना कार्यहरुको कार्यान्वयन गर्न हामी साझेदारी गर्ने छौं ।
समझदारी पत्र

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.