कञ्चनपुरमा लागूऔषध सहित दुई युवक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ फ्लोरिडा स्कुल नजिकबाट ०.०९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-६ बनगाँउका २८ वर्षीय बिनोद भुजेलसहित दुई जना मंगलबार साँझ पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.