डोटीमा जीपबाट खसेर डडेल्धुरा घर भएका प्रहरीका सहायक हवल्दार घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटी : डोटीमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन्।

घाइते हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका-२ रोल्लीका गम्भीरसिह साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

शनिबार अपराह्न साहु जीपको पछाडिबाट सडकमा खसेका जानकारी बताइएको छ।

जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीपबाट सहायक हवल्दार साहु पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ बुढाबाँज भन्ने स्थानमा खसेका हुन्। जीपमा अन्य १४ जना सवार सकुशल रहेका छन्।

जीप चालक पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका उदय सिं नेगीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिएको छ। चालकले मादक पदार्थ सेवन गरेर जीप चलाएको पाइएकाले घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.