माओवादी अछामबाट राष्ट्रियसभामा को–को भए सिफारिस ?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम : माघ ११ गते रिक्त स्थानमा हुने राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्र अछामबाट १३ जना सिफारिस भएका छन्। तीमध्ये तीन जना जिल्ला बाहिरका रहेका छन्।

सिफारिस हुनेमा खुलातर्फ रामप्रसाद तिमिल्सिना, दिपकबहादुर साउद र अमरबहादुर विक रहेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

महिलातर्फ सरस्वती रावल, टंककुमारी विक र शोधरा शाही सिफारिस भएकी छिन्। यस्तै घाइतेतर्फ दिपेन्द्रबहादुर रावल, दलबहादुर साउद र टेकबहादुर विक रहेका छन्।

बुद्धिजीवीतर्फ बयलपाटा क्याम्पसका पूर्वक्याम्पस प्रमुख भरत स्वाँर सिफारिस भएका छन्। यसैगरी जिल्ला बाहिरका तीन जनाले पनि राष्ट्रियसभामा सिफारिस भएका छन्।

चार महिने अभियानको क्रममा अछाम जिल्लामा क्रियाशील रहेका जंगबहादुर विक, सिद्धराज भाट डोटी र प्रकाश नेपाली कैलालीको नाम सिफारिस भएको इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिएका छन्।

पुनका अनुसार अन्य ८ जिल्लाबाट पनि ३/३ जना सिफारिस भएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.