कैलालीको धनगढीमा हमालले लगाए सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीको धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो।

Dadeldhura Hospital

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

साना खुद्रे पसलमा चुरोट, गुटका र खैनी खुलेआम बिक्री हुन थालेपछि आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न उपमहानगरपालिकाबाट छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गराएको हो।
अनुमति नलिएर बेचेको पाइएमा रोक तथा कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) ‘सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरणको लागि उपमहानगरपालिकाबाट छट्टै अनुमति लिनुपर्ने’ र सोही ऐनको दफा ३० (२) ‘खाद्य पदार्थ बिकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिकीवितरण गर्न बन्देज लगाइनेछ’ धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ।

‘२०८० साल माघ १ गतेदेखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्का, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ बिकीवितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘बिक्रीवितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ।’

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.