महाकाली करिडोर:दुई सय ४१ किमी ट्र्याक खोलियो

sc mahendra

डडेल्धुरा महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ। अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए।

ुबाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ। रुख कटानको आदेश आएको छु, आयोजना प्रमुखले भने, ुट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ।ु डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ। डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ।
बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ। दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ। ट्र्याक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ। डडेल्धुरा खण्डको पाँच किलोमिटर स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिन्छ । आयोजना प्रमुख जोशीले भने दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने र नाली बनाइरहेका छौँ। महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख काट्नुपर्ने उनले बताए।
विसं. २०६५÷०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन। कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ।

कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ। ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ। तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ।

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन्। ुमहाकाली करिडोर बन्ने भनेर सुनेको दशकौँ भइसक्यो। अहिलेसम्म बनेको छैन। यो बाटो निर्माण भए हामीलाई धेरै सजिलो हुन्छु, भीमदत्त नगरपालिका–९ खल्लाका श्याम बुढाले भने, ुत्यसैले करिडोर निर्माणमा अब ढिलासुस्ती हुन हुँदैन।

You might also like
Leave A Reply

Your email address will not be published.