parwat hotel
Citizan

डडेल्धुराको आलितालमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर हुने

bhageswar small
alital janahit

डडेल्धुरा: डडेल्धुराको आलितालमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

lali

पालिकाको वडा न. १ र २ लाई लक्षीत गर्दै यहि पौष २१ गते हर्तोलामा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

glam &
Citizan

आर्थिक बर्ष ०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा न.१ को हर्तोलामा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । उनले आलितालको वडा न. १ र २  भौगोलिक हिसाबले पनि दुर्गम भएको र पशु चौपायको संख्या पनि धेरै भएको कारण शिविर संचालन गर्न लागिएको बताए । पालिकाले गत बर्षमा गरेको सर्वेक्षणमा ति दुई वडामा मात्र गाई गोरुको संख्या एक हजार आठ सय तेस्तै भैसी,पाडा/पाडीको संख्या चार सय पचास र बाख्रा संख्या सात हजार तिन सय गोटा रहेको थियो । पालिकाले शिविर संचालनका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरालाई सहयोगको लागि आग्रह गरेको छ ।

शिविरमा बाख्रा, गाई, भैँसी र भेडा लगायतका पशुको निःशुल्क उपचार गरिने आलिताल पशु स्वास्थ्य शाखाका प्रमुख डम्मर राज जोशी बताउनुभयो । शिविरमा जुका, नाम्ले, भ्यागुते रोग,खरेत,रुघाखोकी, घाउखटिरा, जुम्रालगायतका रोगहरुको उपचार गरिने जोशी बताउनुभयो । शिविरमा प्रजनन समस्यासम्बन्धि,आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण,बोका र गोरुको बन्ध्याकरण,गाईभैसीको गर्भ परीक्षण समेत गरिने जोशीले बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.