देउसी भैलोबाट जुटेको रकमले विद्यार्थीलाई न्यानो कपडा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धरा : देउसी भैलोबाट जुटेको रकमले विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जाजरकोटको कुशे गाउपालिका-२ मा रहेको लक्ष्मी आदर्श आधारभुत विद्यालयका विद्यार्थीहरुलाई देउसी भैलोबाट जुटेको रकमले न्यानो लुगा वितरण गरिएको हो।
कञ्चनपुरकी समाजसेवी चादँनी ऐरको पहलमा ललिता हेयर एण्ड ब्युटी होमले खेलेको देउसी भैलो कार्यक्रमबाट जुटेको सहयोग रकमबाट ४० जना विद्यार्थीहरुलाई ट्रयाक सुट, सुईटर लगायत न्यानो लुगा वितरण गरिएको ऐरले बताए ।

Dadeldhura Hospital

समाजसेवी ऐरले सबैको सानो सानो सहयोगले बिकट ठाउँमा पुगेर प्रत्यक्ष न्यानो लुगा वितरण गरेको बताउदै कोरियामा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी उल्सान सिंह,सोलुखुम्बुका समाजसेवी एल.जि शेर्पा, समाजसेवी प्रबेश केसि,को सहयोगमा जोखिमपूर्ण यात्रा गरि राहत सामाग्री बितरण गर्न सफल भएको बताउनु भयो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रममा स्थानीय समाजसेवी इन्द्र सिंह, समाजसेवी राधिका शर्मा लगायत वडा अध्यक्ष,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रध्यनाध्यापक ,शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । समाजसेवी ऐरका अनुसार जाजरकोटमा चौथो पटकको राहत बितरण गरिएको बताए । उनले भुकम्पबाट पिडित बझाङ र जाजरकोटका जनतालाई सहयोग गर्दै आईरहेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.