धनगढीः कैलालीमा भरुवा बन्दुक वरामद गरिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ माघी स्थित मौवारी सामुदायिक वनमा प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा वन्दुक फेला पारेको हो । शुक्रवार दिउँसो प्रहरीले फेला पारेको एक थान भरुवा बन्दुक नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।