parwat hotel
Citizan

तेस्रो पटक पनि जित्यो दुर्गा माविले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

bhageswar small
Chure
lali

डडेल्धुरा:  तेस्रो पटक पनि दुर्गा माविले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ ।  आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माध्यमिक विद्यालयले लगातार तेस्रोपटक पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको हो। मंगलबार सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै दुर्गा माविले शिल्डमाथि कब्जा जमाएको हो।
दुर्गा माविको यो ह्याट्रिक उपाधि हो। यसअघिका दुई संस्करणमा पनि दुर्गा मावि प्रथम भएको थियो। दुर्गा माविले २६ स्वर्ण, १३ रजत र ८ कास्य गरी कूल ४८ पदक प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष शेरसिंह पार्की र गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले दुर्गा माविलाई शिल्ड हस्तान्तरण गरे।
आलिताल–४ घरेलुमा रहेको कृष्णकालिका मावि द्वितीय भएको छ। उसले ८ स्वर्ण, ८ रजत र १४ कास्य गरी कूल ३० पदक जित्यो। प्रतियोगितामा तृतीय भएको महादेव मावि खिन्नेभाडीले ५ स्वर्ण, ७ रजत र ८ कास्य गरी ३० पदक हात पारेको खेल सञ्चालन समितिका सदस्य सचिव इन्द्रबहादुर साउँदले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। प्रतियोगिताको समापन गर्दै गाउँपालिका अध्यक्ष पार्कीले यसवर्षको रनिङ शिल्ड भव्य रूपमा सम्पन्न भएको दाबी गरे। उनले पालिकाले आफ्नै खेल मैदानमा अर्को वर्ष पनि थप व्यवस्थित तरिकाले प्रतियोगिता गर्ने बताए।
विजेता टिमहरूलाई बधाई दिँदै अध्यक्ष पार्कीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले प्रतियोगिताभर विद्यार्थीहरूले सभ्य र अनुशासित ढंगले सहभागिता जनाएको भन्दै उनीहरूको प्रशंसा गरे।
आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माविको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगितामा पालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको थियो। छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसुमा गरी चार सय बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.