माघ १२ गतेदेखि हुने भनिएको कटालको खुल्ला भलिबल प्रतियोगिता दश दिन पर सर्यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा माघ १२ गतेदेखि हुने भनिएको सर्वाधिक धनराशिको पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिताको मिति सरेको छ।

भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरिने प्रतियोगिताको मिति १० दिन पर सरेको हो। माघ १२ देखि १५ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता अब माघ २२ देखि २५ गतेसम्म चल्नेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विविध प्राविधिक कारणले प्रतियोगिता पछि सार्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक जनकराज जोशीले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’का अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ।

Dadeldhura Hospital

उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क पाँच हजार राखिएको छ।

खुला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क तीन हजार तोकिएको छ।

यो जिल्लाकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हो। यसअघि जिल्लाका कुनै पनि विद्यालयले एक लाख ५१ हजार वा सोभन्दा बढी पुरस्कार धनराशि भलिबल गरेका छैनन्। विभिन्न विधामा उत्कृष्टलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ। खुला भलिबल प्रतियोगिता नेपाली नागरिकले मात्रै खेल्न पाउनेछन्।

विद्यालयले जारी गरेको सूचना :

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.