parwat hotel
Citizan

ढाँट समुदायको आपत्ती पछि युटुबबाट हटाइयो ‘गडबड गाउँपालिका’म्युजिक भिडियो

bhageswar small
alital janahit

धनगढी कलाकार ध्वज महराले ल्याएको देउडा गीत ‘गडबड गाउँपालिका’ को म्युजिक भिडियो विवादीत बनेपछि युटुबबाट हटाइएको छ।

महरा र भाइरल देउडा गायिका इब्सल सञ्ज्यालले गाएको ‘गडबड गाउँपालिका’ गितको म्युजिक भिडियोमा राखिएको ‘हरुवा ढाँट’ शब्दलाई लिए ढाँट समुदायका मानिसले आपत्ती प्रकट गरेका थिए।

glam &
Citizan

उनीहरूले म्युजिक भिडियोको विरोध गर्दै गायक महरालाई अनेक धम्की समेत दिइएपछि विवाद कैलाली प्रहरीमा पुगेको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका–७ घर भएर हाल धनगढी बस्दै आएका तुलाराम ढाँटले ‘हरुवा ढाँट’ शब्दलाई लिएर ‘ढाँट’ समुदायको अपमान भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि अरुले समेत विरोध जनाएका थिए ।

lali

सोही विषयलाई लिएर गायक ध्वज महरालाई लक्षित गर्दै अपशब्द लेखेर गालीबेइज्जती गरेको भन्दै महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा कारवाहीको माग गर्दै उजुरी दिएका थिए।

गितबाट ‘ढाँट’ शब्द हटाउनुपर्ने माग गर्दै आएका स्थानीय ‘ढाँट’ समुदायका केही मानिसले महरालाई ज्यान मार्नेसम्मको धम्की दिएपछि उनी सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालयले दुवै पक्षलाई बोलाएर शुक्रबार छलफल गराएको थियो।

महराले ढाँट समुदायको आपत्तीपछि गितको म्युजिक भिडियो हटाइएको जानकारी दिएका छन्। उनले भिडियो परिमार्जित गरी पुनः अप्लोड गराउने जानकारी समेत दिएका छन्।

फेसबुकमा लेखेका छन्, ‘बहुचर्चित गितकार टेकबहदुर ऐरले ध्वज महरा युटुब च्यानल मार्फत ल्याउनु भयको ‘गडबड गाउँ पालिका’ नामक देउडा गितको म्युजिक भिडियोमा जनचेतना मुलक र समसामयिक विषय वस्तुलाइ छर्लङ्ग पार्ने क्रममा काल्पनिक गड्बड गाउँपालिकाका उम्मेदवार बनेका पात्रले आम जनतालाइ सम्बोधन गर्ने क्रममा आफूलाई हरुवा ढाटको संज्ञा दिएका थिए। तर मानिसको वास्तविक थुरसँग मिल्न गएको हुँदा सो थर शब्दलाई परिमार्जित गरि ‘गड्बड गाउँपालिकाको म्युजिक भिडियोलाइ पुनः अप्लोड गराउने जानकारी गराउन चाहन्छु। धन्यवाद ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.