आलितालले ल्यायो गुनासो व्यवस्थापन गर्न “नमस्ते अध्यक्ष” कार्यक्रम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको आलिताल गाउंपालिकाले अनलाईन प्रणाली मार्फत गुनासो व्यवस्थापन प्रणाली “नमस्ते अध्यक्ष” संचालनमा ल्याएको छ । पालिकाले नबप्रबर्धन साझेदारी कोषको आर्थिक सहयोगमा गाउँपालिका भित्रका गुनासाहरु व्यवस्थापन गर्नको लागि गुनासो व्यवस्थापन प्रणाली “नमस्ते अध्यक्ष” निर्माण गरी संचालनमा ल्याएको हो ।
पालिकाको विषयमा रहेको गुनासो अब पालिकाको वेबसाइड भित्र गई गुनासो व्यवस्थापन प्रणालीको लिङ्कमा गई आफ्नो गुनासो राख्न सक्नेछन् । पालिकाको विकास पालिकावासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्य गर्न र गाउको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाउवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान रहने साथै पालिकाको बिकास र समृद्धीको लागि गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रियाबाट सेवा प्रवाह सम्बन्धी काम कारबाहीका गर्न एक प्रभावकारी हुने भएको हुदा गुनासो व्यवस्थापन प्राणाली नमस्ते अध्यक्ष निर्माण गरि संचालनमा ल्याएको पालिका अध्यक्ष शेर सिंह पार्कीले बताए ।
तलको लिङ्कमा गएर गुनासो टिपाउन सकिन्छ ।

http://aalital.palikanepal.com/Grievance/Home

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.