parwat hotel
Citizan

डडेल्धुराको आलितालमा पनि मनाइयो जैविक विविधता दिवस

bhageswar small
Chure

डडेल्धुरा: डडेल्धुराको आलितालमा पनि दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ। ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो। कार्यक्रम आलिताल ताल परिसरमा मनाइएको हो ।

२०७९ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निर्णय गरेको थियो। माघ १ गतेदेखि साताव्यापी रूपमा यो दिवस मनाउने निर्णय भएको थियो।

glam &
Citizan

सोहीअनुसार डडेल्धुराको आलितालमा आइतबार दिवस मनाइएको कृषि शाखाका प्रमुख लक्ष्मण कामीले जानकारी दिए। उनका अनुसार दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी कृषि जैविक विविधताका बारेमा किसान तथा सरोकारवालाहरूलाई जानकारी गराइएको छ। यसका साथै रैथाने बाली उपज प्रदर्शनी पनि गरिएको थियो।

lali

कार्यक्रममा आलिताल गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढा मगरले जैविक विविधताको संरक्षण गर्न जरुरी रहेको बताए। उनले सबैले एकजुट भएर जैविक विविधताको संरक्षण गर्नमा अगाडि बढ्नुपर्ने औंल्याए। जैविक विविधता संरक्षणमा स्थानिय सरकारको मुख्य भूमिका रहेकोले आफुहरुले यसको लागि बिषेश कदम चाल्ने उनको भनाइ थियो। उनले जैविक विविधतामा नेपाल धनी देश भएपनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेको बताए।

करिब ३५ जना भन्दा बढी किसान उपस्थित रहेको उक्त कार्यक्रममा एक दर्जन बढी कृषक समूहले आफुले उत्पादन गरेका तरकारी, फलफुल, खाद्यान्न बालीहरुको प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अथिति जिल्लाकै अगुवा कृषक तथा रंगुन ताजा तरकारी उत्पादन कृषक समुहका अध्यक्ष लाल बहादुर डाला रहेका थिए । उनले सम्बन्धित निकायलाई रैथाने तथा लोपोन्मुख कृषि बालिहरुलाई जोगाउन बिषेश पहल गर्न अनुरोध गरे ।

पछिल्लो समय कृषकहरुले जथाभावी रूपमा विषादी प्रयोग गर्नाले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने डालाले बताए । बिषादीको प्रयोग बारे पनि कृषी कार्यमा सम्बद्ध निकायले ठोस कदम चाल्नु पर्ने उनको भनाई छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.