कैलालीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु

sc mahendra

धनगढी : कैलालीमा घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्यु भएको छ।

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममम नवजीवन अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

घरायसी विवाद हुँदा आज (बुधबार) बिहान ११:२० बजे उनले आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए।

छतबाट हाम फालेका उनी वेहोस थिए भने अवस्था गम्भीर थियो। तत्काल उनलाई नवजीवन अस्पताल पुर्‍याइएको थियो।

तर, अस्पतालमा उनको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

धनगढीमा एक व्यवसायीले आफ्नै घरको पाचौं तलाबाट हाम फाले

You might also like
Leave A Reply

Your email address will not be published.