उद्योग वाणिज्य संघ जोगबुडाको अध्यक्षमा जोशी विजयी

sc mahendra

डडेल्धुराको भित्री मधेश परशुराम र आलितालका उद्योगी व्यवसायी सदस्यहरुको छाता संगठन उद्योग वाणिज्य संघ जोगबुडाको अध्यक्षमा हरि प्रसाद जोशी विजयी भएका छन । जोशीले जनक बोहरालाई ८० मतान्तरनले पछि पार्दै विजयी भएका हुन। जोशीले खसेको २१४ मत मध्ये १३५ मत पाउँदा बोहराले जम्मा ५५ मत पाएका छन । अन्य सम्पुर्ण पदमा सर्व सम्मत पदाधिकारी चयन भइसकेका छन ।
बरिष्ठ उपाध्यक्षमा मान वहादुर भाट, उपाध्यक्षहरु राज वहादुर वोहरा, रुपसिह वोहरा, पदम वहादुर खडायत, महासचिवमा हिक्मत वहादुर साउद, कोषाध्यक्षमा पशुपति देवि कुवर, सचिवहरु थानेश्वर प्रशाद भट्ट, तोया सुनार, हर्क धामी, डम्वर सिह दमाइ सदस्यहरुमा भिम वहादुर स्नेहि, शेर वहादुर दसरथनाथ र वीर वहादुर साउद सर्वसम्वत निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक रामचन्द्र खड्काले जानकारी दिनु भएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.