जिसस अछामकी उपप्रमुख शाही कारागार चलान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम (शाही)लाई कारागार चलान गरिएको छ। जिल्ला अदालतमा मङ्गलवार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो।

Dadeldhura Hospital

जिल्लाको पञ्चदेव विनायक नगरपालिकाका विनोद शाहीको हत्या आरोपमा फरार रहेकी बम मङ्गलवार अदालतमा हाजिर भएकी थिइन्। जिल्ला अदालत अछामले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको स्रेस्तेदार शंकर प्रसाद अधिकारीले बताए। अधिकारीका अनुसार उनको थप बयान लगाएतको प्रक्रियासमेत बाँकी छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विनोद हत्यार आरोमा उनीसँगै पाँच जना आरोपीतहरू पनि कारागारमा रहेका छन। सजनबहादुर शाही भने धरौटीमा छुटेका छन्। स्थानीय तहको निर्वाचनका क्रममा विनायकका १५ वर्षीय विनोद शाहीको अपहरणपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। प्रहरीले आरोपीतहरूलाई अदालतमा हाजिर गराएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.