खानीडाँडामा मेयरले चलाएको स्कारपिओको ठक्करबाट एक जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिँ खड्का ‘विजयी’ ले चलाएको से १ झ ३१७ नम्बरको स्कारपिओको ठक्करबाट एक जना घाइते भएका छन्।

Dadeldhura Hospital

घाइते हुनेमा कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडाका ५५ वर्षीय पदम सुनार रहेका छन्। सुनारलाई पैदल हिँडिरहेका बेला खानीडाँडामै ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतिका डीएसपी गणेश बरालले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डीएसपी बरालका अनुसार घाइते सुनारको नाक, मुख र कम्मरमा चोट लागेको छ। उनको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भैरहेको छ। स्कारपिओ र चालक नगरप्रमुख खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.