parwat hotel
Citizan

डोटीमा डस्टबिन स्वरूप व्यापारीलाई डोका वितरण

bhageswar small
Chure

डोटीः डोटीमा डस्टबिन स्वरूप डोका वितरण गरिएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीका व्यापारीलाई डस्टबिन स्वरूप डोका वितरण गरिएको हो।

lali

सोमवार वडाका व्यापारीहरूलाई डस्टबिनको रूपमा प्रयोग गर्न भन्दै ३० ओटा डोका वितरण गरिएको हो। ग्रामीण समुदाय विकास केन्द्र र यूएमएन डोटीको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत वडासँगको सहकार्यमा डोका वितरण गरिएको हो।

glam &
Citizan

प्लास्टिकको प्रयोगमा कमी ल्याउन वातावरण अनुकूलित बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगका लागि वितरण गरिएको क्लाइमेट परियोजनाका कृषि प्राविधिक शेरबहादुर साउँदले बताए।वडा अध्यक्ष दीपबहादुर बम लगाएत वडाका जन प्रतिनिधीहरुको रोहोवरमा डोका वितरण गरिएको हो। उक्त गाउँपालिकाको–१ नम्बर वडा सिमचौरमा पनि यस अघिनै डस्टबिनको रुपमा डोको प्रयोग गर्न थालिएको थियो।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.