![alital janahit](https://diyalokhabar.com/wp-content/uploads/2024/10/aalital-janahit.jpg)
सुनसरी । इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरेको छ । उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय समेत गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
![lali](https://diyalokhabar.com/wp-content/uploads/2022/12/lali.gif)
इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० विद्यालय छन् । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उनले बताए । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ ।
![glam &](https://diyalokhabar.com/wp-content/uploads/2022/12/glam-glory.gif)
![Citizan](https://diyalokhabar.com/wp-content/uploads/2023/07/jeewan-bima-jaruri-chha-1200-x-100-px.gif)
उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको उनले बताए।
![krisnapur big](https://diyalokhabar.com/wp-content/uploads/2024/06/krisnapur1.jpg)