

डडेल्धुरा ः बैतडीमा बङ्गुर खोरमा आगलागि भएको छ। आगो लागेपछि ११ वटा बङ्गुर समेत मरेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नका नरि सुतारको बङ्गुरको खोरमा आगो लागेको हो।
सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा शुक्रवार राति आगो लागेको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।
