भित्रिमधेसका दुई विद्यालयमा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । डडेल्धुराको भित्रिमधेस क्षेत्रको दुई विद्यालयमा लागु पदार्थ दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजना र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको समन्वयमा लागु औषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो।

जिल्लाको भित्रिमधेसमा रहेको त्रिवेणी क्याम्पस र सिद्धानाथ माद्यामिक विद्यालका विद्यार्थीसँग लागू औषध दुर्ब्यसन सम्बन्धि १ दिने सचेतना कार्यक्रम गरिएको सामाजिक बिकास कार्यालयका प्रमुख कुल राज सोतीले जानकारी दिए ।
अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्दै सभ्य समाजको निर्माण गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय डडेल्धुराले सचेतना कार्यक्रम आयोजना गरेको समेत प्रमुख सोतीले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital


उक्त कार्यक्रममा लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवन कर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ? कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्न सकिन्छ ? साथै लागु औषध नियन्त्रण गर्न विद्यार्थीले खेल्नु पर्ने भुमिका के हो ? लगायतका बारेमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कुशुम बहादुर नायकले बताए ।
दुर्व्यसन मुक्त विद्यालय, लागु औषध दुर्व्यसन मुक्त समुदाय र लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम विभिन्न विद्यालय त समाजमा गरिदै आएको नायकले बताए ।


विश्व व्यापी साझा समस्याका रुपमा लागु औषधको प्रयोगले अहिले बिकृतीको रूपमा मौलाएको अवस्थामा यसको न्यूनीकरण गर्न नसके व्यक्ति,परिवार,समाज र सिङ्गो राष्ट्रलाई नै प्रतिकुल असर पुग्ने भएकाले विद्यार्थी तहका युवा पुस्ताले लागु औषध नियन्त्रणमा सहजीकरण गर्नु पर्ने बताउदै लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकताप गैर कानुनी भएकाले यस्तो क्रियाकलापमा संलग्नलाई कडा कारवाही हुने जानकारी पनि दिए । दण्ड सजाय तथा लागु औषध नियन्त्रण ऎन २०३३ तथा संशोधन २०७२ बारेमा प्रशिक्षण समेत गराइएको नायकले बताए ।
कार्यक्रममा त्रिवेणी क्याम्पस बोल्दै क्याम्पस प्रमुख राजेन्द्र भट्टले जानेर वा नजानेर लागु औषध प्रयोग गर्ने व्यक्तिको मानशिक समस्याले परिवार र समाजमा दिर्घकालिन असर पुग्ने बताए । प्रमुख भट्टले विद्यार्थीहरुलाई यस्ता लागु औषध प्रयोग नगर्न सुझाउदै समाजमा यस्ता घटनाहरु भए तुरुन्त प्रहरीलाई खबर गरेर सामाजिक दायित्व पूरा गरि स्वस्थ समाज निर्माणमा सबैले हाते मालो गर्न आग्रह गरे । कार्यक्रममा त्रिवेणी क्याम्पस र सिद्धनाथ माध्यमिक विद्यालयमा करिब दुई सय जना विद्यार्थीको सहभागीता रहेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.