डडेल्धुरा : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले आलितालमा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
वर्तमान रास्ट्रिय संकट र यसको सामाधान विषयक अन्तरक्रियात्मक कार्यक्रम आलिताल गाउँ पालिकाको सभाहलमा सम्पन्न गरेको हो ।
नेकपा डडेल्धुराका जिल्ला सचिव बि एन सि को अध्यक्षमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विवेक सि प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वीर बहादुर बोहराले माओबादी पार्टीको बिषयमा प्रश्न गरेका थिए ।
आफू माओबादी कार्यकर्ता भए ता पनि कुन माओबादीको कार्यकर्ता हु भन्ने अन्योलमा भएको सुनाए उनले माओबादी भनेको पहिला हामीले एउटा मात्र भएको थाहा पाएका थियौ तर आजभोली धेरै खाले माओबादी भएको भन्दै सबैलाइ एकीकृत भएर लागे देशले रास्ट्रिय समस्याको सामाधान गर्न सक्ने बिस्वास ब्यक्त गरे । तेस्तै कार्यक्रममा माओबादी केन्द्रबाट निर्वाचित वडा न.३ का सदस्य मान बहादुर महराले विभिन्न राजनितिक आस्था राख्ने ब्यक्तिहरुलाइ एकीकृत गरेर रास्ट्रिय समस्या र तेसको सामाधान जस्तो बिषयमा अन्तरक्रियात्मक गर्नु महत्वपुर्ण भएको भन्दै यस्ता कार्यक्रम देश व्यापीरुपमा अभियान चलाउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा वडा न. ३ का अध्यक्ष तथा कार्यबाहक गाउँ पालिका अध्यक्ष बल बहादुर बुढामगरले १० बर्ष सम्म जनयुद्ध गरेर ल्याएको व्यबस्थाले जनमानसमा भने जस्तो प्रतिफल दिन नसकेको अनुभव सुनाए । माओबादी पार्टी विकेन्द्रीकरण नभै सबै कम्युनिस्ट एक ठाँउमा आउनु पर्ने बताए । उनले भने सबै कम्युनिस्ट पार्टी एक ठाँउमा आएर देश बनाउनु पर्ने भन्दै विभिन्न कम्युनिस्टको नाममा कानुनलाई हातमा लिएर गलत कार्य नगर्न समेत सुझाए । कुनै पनि ब्यक्तीले गलत नै गरेको प्रमाणीत भए कानुन अनुसार कार्वाही गर्न सकिने बताए ।
नेपाली काङ्ग्रेसमा प्रतिनिधि शिव शोवले नेपालमा ब्यवस्था धेरै परिवर्तन भएता पनि अवस्था भने उस्तै रहेको बताए । उनले आफू पहिला कम्युनिस्ट भएको बताउदै कम्युनिस्टले बाटो बिराए पछि आफू नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु परेको बताए । नेकपा एमाले प्रतिनिधि रामचन्द्रपुन मगरले २००७ साल देखि ८० साल सम्म देश परिवर्तनका लागि विभिन्न आरोह अबरोह भएको सुनाउदै विभिन्न कम्युनिस्ट पार्टीहरु विभिन्न धारबाट अगाडि बढ्दा देश दुर्घटनामा जान सक्ने बताए । उनले भने बिचारमा अडिग रास्ट्रिय नेतृत्व गरिरहेको पार्टीमाथी केही अराजक बिचार भएका ब्यक्तिहरुले प्रहार गरिरहेकोले रास्ट्रले संकट बेहोर्नु परेको बताए ।
कार्यक्रममा नेकपा डडेल्धुराका इन्चार्ज विजय सिले पार्टीको निर्देशन अनुसारनै कार्यक्रम तय गरिएको बताए । उनले भने अहिले देखिएको रास्ट्रिय संकट र तेसको समाधान बिषयमा सबैले सहभागी हुनु पर्ने बताए । उनले भने केही दिनमा परशुराम नगरपालिकामा पनि कार्यक्रम तय भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका केन्द्रिय सदस्य विवेक सि ले देश विडम्वना अवस्थामा पुसकेकोले सबै क्रान्तिकारी सक्तिहरुलाइ एक ठाँउमा आएर देशमा रहेको संकटलाई पारलगाउनु पर्ने बताए । अहिलेको ब्यवस्थाको आफुहरु बिरोधी रहेको बताउदै यो वेवस्थाले देशमा लुटपाट,चोरी,दादागिरी चलाएको आरोप लगाए । पाँच पटक प्रधान मन्त्री भइसकेको जिल्लाको भित्र छिरेर हेर्दा संकट नै संकट देखा परेको बताउदै सरकारको गलत कदमको विषयमा आवाज उठाउदा आफुहरु प्रतिबन्धमा परेको सम्झिए ।
संसिदय वेबस्थालाई आफ्नो पार्टीले नमान्ने बताउदै संसदिय ब्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने जस्तो भएको बताए । विवेक सिले नेकपा पार्टी बैज्ञानिक समाजबादको बाटोमा हिडेको बताउदै आफुहरुले सबै नेता देखि कार्यकर्तालाई नामको पछाडी सि लेख्न थालिएको बताए । उनले भने यो पनि समाजबादको उदाहरण हो । सि को उदाहरण दिदै नामको पछाडी सि राख्नु सबै जात जाती,धर्म,सस्कृतीलाई एकतामा बाध्न नामको पछाडी सि लेख्न थालिएको बताए । उक्त अन्तर्कृया कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि ,समाजसेवी वर्ग,जनप्रतिनिधि ,लगाएत बिभिन्न पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।