parwat hotel
Citizan

सुदूरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bhageswar small
alital janahit

रमेश बहादुर सिंह, बझाङ । कार्यसम्पादन मूल्याङ्कनको आधारमा सुदूरपश्चिम प्रदेशमा बझाङको छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित भएको छ ।

lali

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४६.८१ अङ्क प्राप्त गरेर सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट बनेको गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले जानकारी दिए ।

glam &
Citizan

पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे/नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरे/नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे /नगरेको लगायतका सूचक राखिएका छ ।

गाउँ पालिका भित्रको मुल्यांकनमा छबिसपाथिभेरा उत्कृष्ट भए पनि नगरपालिकाको भित्र भने अमरगढी उत्कृष्ट बनेको छ । अमरगढीले ४८.९९ %अंक ल्याउदै उत्कृष्ट बनेको हो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.