बझाङको मष्टामा निःशुल्क आंखा शिविर सम्पन्न,६सय ४२ जनाले लिए सेवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

रमेश बहादुर सिंह बझाङ।

बझाङको मष्टा गाउँपालिकामा सम्पन्न भएको निःशुल्क आंखा शिविरबाट ६सय ४२ जनाले सेवा लिएका छन । मष्टा गाउँपालिका अन्तर्गतका ४ वटा स्वास्थ्य चौकिमा मंसिर ८ देखि ११ गते सम्म संचालन गरिएको निःशुल्क आँखा उपचार सम्बन्धि शिविरबाट ६ सय ४२ जनाको आँखा चेकजाँच गरिएको छ ।
जस मध्ये ४८ जना महिला ३२ पुरुष गरी जम्मा ८० जनामा मोतिविन्दुको समस्या देखा परेको छ । ११५ जनाको दृष्टि दोषमा समस्या देखा परेको छ । आज सम्म ६ सय ४२ जनाले आँखाको चेकजाँच गर्दा ११५ जनाको दृष्टिदोस (चस्मा लगाउनु पर्ने) समस्या देखीएको हुदा सोही शिबिरमा नै चस्मा बितरण गरिएको थियो।
मोति बिन्दुका बिरामी तथा अन्य रोगका बिरामीलाई चैत्र दोस्रो साता भित्र बृहत् एकीकृत शिबिरबाट सल्यक्रिया गरिने मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले बताए।अहिले पालिका भरीका महिला पुरुषहरुका लागी गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र बझाङको प्राविधिक सहयोग र मष्टा गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा उपचार शिविर संचालन गरी हिजो मष्टा गाउँपालिकाको वडा न ६ मा शिबिर सम्पन्न भएको छ।। यो शिबिरबाट स्थानीय बासिन्दा निकै खुसि भएको पाइन्छ। आर्थिक अभावका कारण आखाको उपचार गर्ने समस्या भएका स्थानीय बासिहरुले सहज रुपमा सेवा लिन पाउँदा स्थानीय बासिन्दा निकै खुसि भएका छन। मष्टा गाउँपालिका वडा नम्बर १ बाट सुरु गरीएको आँखा शिविरमा वडा नम्कर ६ मा हिजो(शुक्रबार)समापन गरिएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.