घटना पछि आलितालमा करेन्ट तथा बिषादी प्रयोग गरेर माछा मार्न रोक

sc mahendra

आलिताल । डडेल्आधुराको आलिताल गाउँपालिका वडा न. ८ ले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा बिषादी प्रयोग गरेर माछा मार्न रोक लगाएको छ ।
केही दिन अगाडि मात्र रङुन खोलामा अवैध तरिकाले करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो । अबैध तरिकाले माछा मार्ने क्रम बढेपछि पालिकाको वडा न.८ ले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा बिषादी पदार्थ प्रयोगमा रोक लगाएको हो ।
करेन्ट र बिषादी प्रयोग गर्दा मानबिय खतरा हुनुका साथै नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षति पुग्ने भएकाले सो कार्यमा रोक लगाउनुपरेको वडा न. ८ का अध्यक्ष धन बहादुर देउवाले जानकारी दिए । “माछा मार्नेक्रममा करेन्ट तथा बिषादीको प्रयोगले माछासँगै जलचर समेत पूर्णरुपमा नष्ट हुन्छ”, उनले भने, “आगामी दिनमा माछा मार्ने क्रममा नदी तथा खोलामा करेन्ट र बिषादी पदार्थ प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरनेछ ।”

पालिका भित्र रहेको रङुन खोला ,सुनखोला जस्ता अन्य खोलामा विभिन्न खाले बित्धुतिय साधनको प्रयोग तथा बिषादीको प्रयोग गरेर माछा मार्ने गरेको पालिकाले जनाएको छ ।
सूचना :

You might also like
Leave A Reply

Your email address will not be published.